काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१–८२ को मौद्रिक निति सार्वजानिक गरेको छ ।
बैंकले चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको छ।
शुक्रबार आर्थिक वर्ष २०८१–८२ को मौद्रिक निति सार्वजानिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको बताएका हुन् ।
बजेटले आर्थिक वर्ष २०८१/८२ मा ५.५ प्रतिशतमा मूल्य वृद्धि सीमित हुने र ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो।
त्यस्तै राष्ट्र बैंकले ब्याजदर कोरिडोर सीमाको बैंकदर ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत कायम गरेको छ ।
गभर्नर अधिकारीले नीतिगत दरलाई ५.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको पनि बताए ।
व्याजदर कोरिडोरको तल्लो सीमाको रूपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन यथावत राखिएको छ ।
.jpg)


