काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
आज युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ११ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ।
आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५७ र बिक्रीदर ३५६ रुपैयाँ १६ पैसा निर्धारण भएको छ।

.jpg)


