मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रभु बैंकको ३ सय १० औँ शाखा धनकुटामा स्थापना

एक्सप्रेस पाना
श्रावण १३, २०८१ आइतबार
  • 356
    SHARES
  • प्रभु बैंकको ३ सय १० औँ शाखा धनकुटामा स्थापना

    काठमाडौं । प्रभु बैंक लिमिटेडले धनकुटामा ३ सय १० औँ शाखा स्थापना गरेको छ। 

    images

    धनकुटा नगरपालिका वडा नं.७ हुलाक टोल चुवाको बोट छेउमा शाखा स्थापना गरेको हो।

    आइतबारदेखि नै शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ । देशभर बैंकिङ पहुँच विस्तारका लागि शाखा विस्तारलाई तीव्रता दिइएको र यही अभियानमा धनकुटा शाखा सञ्चालन भएको बैंकले जानकारी दिएको छ।

    images

    धनकुटा शाखाको उद्धाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र प्रभु बैंकका प्रदेश कार्यालय प्रमुख बद्रि कटुवालले संयुक्त रुपमा उद्धाटन गरेका हुन्। कार्यक्रममा बोल्दै धनकुटा नगर प्रमुख तामाङले धनकुटामा शाखा विस्तारले आर्थिक गतिविधि चलाएमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले देशमा भइरहेको आर्थिकमन्दीका बावजुत स्थापना भएको शाखाले आर्थिकमन्दीलाई रोक्न सहयोग पुग्ने अपेक्षा रहेको समेत बताए।

    प्रभु बैंकको धनकुटा शाखाबाट यस क्षेत्रका ग्राहकले प्रभु बैंकबाट पूर्ण बैंकिङ सेवा पाउने धनकुटा शाखाका प्रबन्धक विनिता तिवारीले जानकारी दिए।

    धनकुटा शाखामा प्रबन्धक तिवारी सहित  ६ जना कर्मचारीहरू रहने भएका छन्। यस्तै, बैंकले आइतबार नै तेह्रथुमको म्याङ्लुङमा पनि शाखा उद्धाटन गरेको बैंकले जनाएको छ। धनकुटा र तेह्रथुम सहित प्रभु बैंकको कोशी प्रदेशमा ३८ वटा शाखा रहेको जनाइएको छ।

     

  • सम्बन्धित विषय:

  • # प्रभु बैंक लिमिटेड