काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार दुईपटक सकारात्मक 'सर्किट ब्रेक' लागेको सेयर बजार उच्च अंकले बढेको ।
आइतबार ११३.०७ अंकले बढेर बजार २६८१.५६ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
१४८ कम्पनीको सेयर मूल्य बढेको बजारमा १५ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ। ८७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
आइतबार पहिलो सर्किट ब्रेक लाग्दा बजार १०२.६८ अंकले बढेर २६७०.८२ बिन्दुमा पुगेको थियो भने दोस्रो सर्किट ब्रेक लाग्दा १२९.०७ अंकले बढेर २६९७.२१ बिन्दुमा पुगेको थियो।
.jpg)


