सोमबार, कार्तिक १७ गते २०८३
images
images

गिरीबन्धु टी स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न महामन्त्री शर्माको माग

एक्सप्रेस पाना
श्रावण १३, २०८१ आइतबार
  • 327
    SHARES
  • गिरीबन्धु टी स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न महामन्त्री शर्माको माग

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेटको जग्गा घोटालामा कांग्रेसको संलग्नताबारे समेत छानबिन गर्न सरकारलाई आग्रह गरेका छन्।

    images

    आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेटको जग्गा घोटाला सम्बन्धी विषयमा अनुसन्धान गर्नुपर्ने माग गरेका हुन्।

    उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धुको जग्गा बेचेर खाएको आरोप लगाएको भन्दै अब त्यसबारे समेत छानबिन गर्न माग गरेका थिए।

    images

    उनले भने, "प्रधानमन्त्री र सिंगो मन्त्रिपरिषद्लाई आग्रह गर्दछु। नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु चिया बगानबारे सरकारले व्यवहारबाटै जवाफ दिनुपर्छ। अविलम्ब छानबिन सुरु गर्नुपर्दछ। म माग गर्दछु। गिरीबन्धुको ७० विगाहा जग्गा कांग्रेसले बेचेर खायो भन्ने प्रधानमन्त्री ओलीले को हो त्यो कांग्रेस देखाउनुपर्छ। नक्कली भुटानी शरणार्थीबारे पनि यथार्थ सार्वजनिक गराउनुपर्छ।"

  • सम्बन्धित विषय:

  • # महामन्त्री विश्वप्रकाश शर्मा