काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
आइतबार प्रतितोला १ लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी तोलाको १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


