काठमाडौं । आज साउनको दोस्रो सोमबार । देशभरका शिवालयहरुमा भक्तजनहरुको घुइचो लागेको छ । साउन भगवान शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरे बराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ ।
साउन महिनालाई भगवान शिवको महिनाको रुपमा लिने गरीन्छ । साउन महिना भरी र विशेषगरी सोमवारका दिन भगवान शिवको पूजा अराधना गरी मनाउने गरिन्छ। सोमवार भगवान शिवको अराधना, श्रीमानको दीर्घायू र अविवाहिताले सुयोग्य वर पाउने विश्वासका साथ व्रत बस्ने गर्छन्। महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगाएर भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् । यस बर्ष साउनमा चार वटा सोमबार परेको छ ।
साउन महिनाको सोमबार भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपतिनाथ मन्दिरलगायत विभिन्न ठाउबाट श्रदालु भक्तजनहरूको घुइचो लाग्ने गर्दछ ।
व्रत बस्दा के गर्ने,के नगर्ने ?
साउन महिना भगवान् शिवको महिना भएकाले सबैले व्रत बसेर पुजाआरधान गर्ने गर्दछन् । हामीले विशेष कुराहरुमा ध्यान दिन जरुरी हुन्छ ।
साउनको सोमवार छिटै उठेर भगवान् शिवको ध्यान गर्नुपर्छ ।
साउनमा मांस मदिराबाट टाढा रहनुपर्छ, यसले जीवहत्याको पाप लाग्नुबाट मुक्ति पाइन्छ ।
साउन हरियालीको मौसम हो, हरियाली शिवजीलाई अत्यन्त मन पर्छ, त्यसैले साउनमा रुखबिरुवा काट्नु अशुभ मानिन्छ ।
ठूलालाई सम्मान गर्नुपर्छ भने कुनै पनि असहायको अवहेलना गर्नुहुँदैन ।
साउनको सोमवार व्रत नबसे पनि कुनै पनि अनैतिक कार्यबाट टाढा रहनुपर्छ ।
गलत विचार र आचरणबाट टाढा रहनुपर्छ ।
ब्रह्मचर्यको पालना गर्नुपर्छ ।
साउनको सोमबार व्रतमा मैदा वा पिठोले बनेको कुनै पनि चीज खानु हुदैँन । व्रतका क्रममा फलफूलको सेवन अति उत्तम मानिन्छ । फलफूलमा तपाईं केरा, स्याउ, अनार, नासपती, अंगूर, सुन्तला आदि खान सक्नुहुन्छ । साउनको सोमवारे व्रतमा फलफूलबाहेक साबुदानाको खीर, दुध, सादा मही, दही, पनीर आदि पनि खान सकिन्छ । व्रत बस्दा चामलको खीर वा सेवईंको खीर खानु हुँदैन ।
सोमबारको व्रतमा तपाईं आलूबाट बनेका जेरी, लौकाको हलुवा आदि पनि बनाएर खान सक्नुहुन्छ । कुनै पनि व्रत होस् आफूलाई हाइड्रेड रहन एकदमै जरुरी हुन्छ । त्यसका लागि पानी, फलफूलको जुस आदिको सेवन गर्न सकिन्छ ।
.jpg)


