सोमबार, कार्तिक १७ गते २०८३
images
images

सरकार दुई वर्षसम्म चल्छ,२ वर्ष पुग्नुभन्दा एक साता अघि राजीनामा दिन्छु :प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
श्रावण १५, २०८१ मंगलबार
  • 291
    SHARES
  • सरकार दुई वर्षसम्म चल्छ,२ वर्ष पुग्नुभन्दा एक साता अघि राजीनामा दिन्छु :प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार दुई वर्ष चल्ने बताएका छन् । 

    images

    मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिने र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनावसम्म जाने बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकार ढल्छ कि भनेर नसोच्न आग्रह गर्दै सुशासन र विकासका लागि नै सरकार बनेको बताए ।

    प्रधानमन्त्री ओलीले भने, "मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो । २ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा हुँदैन’,  ‘त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो । यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो । ढल्ने त के ढलपल पनि हुँदैन"।

    images

    उनले स्थिर र स्थायित्व भएको सरकार भन्दै गतिशील स्थायित्वको पक्षमा रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री केपी शर्मा ओली