काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
मंगलबार १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार तोलामा १८०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी तोलाको १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


