मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बुधबार ६४.२६ अंकले बढ्यो सेयर बजार ,२१ अर्ब को कारोबार

एक्सप्रेस पाना
श्रावण १६, २०८१ बुधबार
  • 263
    SHARES
  • बुधबार ६४.२६ अंकले बढ्यो सेयर बजार ,२१ अर्ब  को कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ६४.२६ अंकले बढेर २७६०.९१ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज १९१ कम्पनीको सेयर मूल्य बढ्दा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ। जुन अहिलेसम्म नै एकदिनमा भएको सर्वाधिक कारोबार हो। बुधबार ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर किनबेच भएको छ। 

    images

    १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।