मंगलबार, भाद्र २३ गते २०८३
images

हामी सबैभन्दा बेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन:परराष्ट्रमन्त्री राणा

एक्सप्रेस पाना
श्रावण १६, २०८१ बुधबार
  • 385
    SHARES
  • हामी सबैभन्दा बेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन:परराष्ट्रमन्त्री राणा

    काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले अहिलेका मन्त्रीहरूलाई स्टन्ट गर्न जरुरी नरहेको बताएकी छन् ।

    images

    बुधवार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएकी हुन् ।

    उनले अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरू रहेको उल्लेख गर्दै आफूहरूले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको बताएकी हुन् । उनले अहिले सरकारमा रहेका मन्त्रीहरूलाई र राजनीतिक दललाई हामी नै राम्रो हौँ भने प्रमाणित गरिरहनुपर्ने अवस्था नरहेको बताइन् । 

    images

    उनले भनिन् ,"सरकारमा रहेका दुई पार्टीहरू धेरै नै पुराना पार्टीहरू छन् । हामीले काम गर्नसक्छौँ । हामीले देशको लागि केही गर्नसक्छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन । किनभने हामीले गरेर देखाइसकेका छौँ । हामी भन्दा अगाडिको पुस्ताले धेरै गाह्रो समयमा नेपाललाई अघि सारेको पार्टी हो । हामी युनिक छौँ, सबैभन्दा बेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन । अहिलेको सरकार स्टन्ट गर्न होइन, गम्भीर भएर काम गर्ने हो । हामीलाई भोलि जाला की पर्सी जाला की भन्ने चिन्ता छैन, निर्धक्कका साथ काम गर्नेछौँ । दुई पार्टी भएपनि एउटै लक्ष्य भएकाले हामीले परिवर्तन गरेर देखाउनेछौँ ।"

    मन्त्री राणाले राजनीतिमा दुई अनुभवी व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा रहेकाले देशलाई गन्तव्यमा पुर्याउने दाबी गरिन् ।

  • सम्बन्धित विषय:

  • # डा आरजु राणा