काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। विगत चार दिनसम्म उच्च मूल्यमा स्थिर रहेको अमेरिकी डलरको मूल्य आज केही घटेको हो।
आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ७० पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ।
आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५६ र बिक्रीदर ३५६ रुपैयाँ १५ पैसा निर्धारण भएको छ।

.jpg)


