मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आज राति टेलिकमको प्याकेज खरिद र रिचार्ज सेवा प्रभावित हुन सक्ने

एक्सप्रेस पाना
श्रावण १७, २०८१ बिहीबार
  • 220
    SHARES
  • आज राति टेलिकमको प्याकेज खरिद र  रिचार्ज सेवा प्रभावित हुन सक्ने

    काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा प्रभावित हुने भएको छ ।

    images

    बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा प्रभावित हुन सक्ने जनाएको हो ।  

    टेलिकमका अनुसार ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुनेछ । उक्त समयमा मोबाइल भ्वाइस, डाटा तथा एसएमएस सेवा भने यथावत् हुने कम्पनीले जनाएको छ । 

    images

    अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिनेछ । 

    dfgvn_aJn53yemd0.png