सोमबार, कार्तिक १७ गते २०८३
images
images

सडक बत्तीको महशुल ६०/४० प्रतिशतले भुक्तानी गर्ने व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक छ: शहरी विकासमन्त्री सिंह

एक्सप्रेस पाना
श्रावण १७, २०८१ बिहीबार
  • 311
    SHARES
  • सडक बत्तीको महशुल ६०/४० प्रतिशतले भुक्तानी गर्ने व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक छ: शहरी विकासमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा सडक बत्तीको महशुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक रहेको बताएका छन् ।

    images

    बिहीवार मन्त्रालयमा उपत्यका मेयर्स फोरमहरूसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले आर्थिक वर्ष २०८१/०८२ देखि सडक बत्तीका लागि उपत्यकाका स्थानीय तहले ६० प्रतिशत र सरकारले ४० प्रतिशत तिर्ने गरी व्यवस्था गर्न मन्त्रायले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    images

    उनले काठमाडौं उपत्यका मेयर फोरमले आफ्ना समस्याहरू खुलेर राखेको भन्दै व्यवधान र अवरोध भए खुलाउनका लागि मन्त्रालय तयार रहेको बताए ।

    उनले भने,"तपाईँहरू आएर काठमाडौं उपत्यका मेयर फोरमले जुन मलाई खुला रूपमा आफ्ना समस्याहरू राखेका छन् । त्यसमा गम्भीर छु । मन्त्रालयले गर्नुपर्ने सहयोग म गर्न तयार छु । शहरी विकास मन्त्रालयले स्थानीय सरकारलाई काममा कतै व्यवधान र अवरोध भए त्यसलाई फुकाउन हामी तयार छौँ । यसलाई संयुक्त रूपमा काम गरौँ । शहरी विकास त यसले हेर्छ तर गाउँहरूमा सडकदेखि व्यवस्थापन गर्ने काम पनि यसले हेर्छ । यो मन्त्रालयले नगरपालिकालाई मात्रै हेर्छ भन्नेकुरा नठान्नुस् । यो मन्त्रालयबाट हुने काम म पूरा गर्नेछु । सडक बत्तीको जुन कुरा गरे । बिलिङको सिस्टम अन्क्लियर भयो भने । यो ऊर्जा मन्त्रालयसँग हामी छलफल गरेर तपाईँहरूको जुन माग छ, २०८१र०८२ देखि ६०र४० को शेयर गरेर गर्ने भन्नेकुरामा हामी यो मन्त्रालयबाट सकारात्मक भुमिका खेल्नेछौँ ।"

    उपप्रधानमन्त्री सिंहले शहर स्वच्छ हुनुपर्ने चन्दै नदीको सरसफाईमा तीन तहकै सरकार मिलेर काम अघि बढाउने बता

  • सम्बन्धित विषय:

  • # उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह