सोमबार, कार्तिक १७ गते २०८३
images
images

कसैका चाहनाले नभई कानुन र प्रमाणका आधारमा मुद्दा चल्छ :गृहमन्त्री लेखक

एक्सप्रेस पाना
श्रावण १७, २०८१ बिहीबार
  • 264
    SHARES
  • कसैका चाहनाले नभई कानुन र प्रमाणका आधारमा मुद्दा चल्छ :गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार सदनमार्फत् जनताप्रति उत्तरदायी हुने व्यवस्थालाई कमजोर हुन नदिने बताएका छन्। 

    images

    बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले जनताले गरेका प्रश्नहरूको विभिन्न माध्यमद्वारा जवाफ दिने र जनताप्रति सरकार उत्तरदायी हुने व्यवस्थालाई कमजोर हुन नदिने बताएका हुन्।

    उनले कसैको चाहना र रहरले फाइल नखुल्ने भन्दै कानुन र प्रमाणका आधारमा फाइल खोलिने स्पष्ट पारे ।

    images

    उनले भने, ‘फाइल खोल्ने भन्या के हो ?मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा कानून बेगर मुद्दा चल्छ रु, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानूनबमोजिम चल्छ भन्ने मेरो आग्रह छ,’

    प्रहरी अधिकारीको सरुवा र बढुवा सामान्य प्रक्रिया रहेको भन्दै यसलाई अन्यथा सोच्न नहुने उनको भनाइ छ ।