काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा निर्धारण भएको छ।
आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ २३ पैसा निर्धारण भएको छ।
आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० र बिक्रीदर ३५६ रुपैयाँ १९ पैसा निर्धारण भएको छ।

.jpg)


