काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
बिहिवार प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मुल्य हो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदीको मुल्य प्रतितोला १७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


