शनिबार, भाद्र २७ गते २०८३
images

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

एक्सप्रेस पाना
श्रावण १८, २०८१ शुक्रबार
  • 285
    SHARES
  • कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। 

    images

    नतिजा प्रकाशनको लागि बिहान १० बजे बसेको बोर्ड बैठक जारी छ।

    गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए। ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो।

    images

    यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो।

    देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन्।