काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री नियुक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी, वन तथा वातावरण राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरिएको हो।
योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
.jpg)


