काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी स्वीकार्य नहुने बताएका छन् ।
आइतबार नव मनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरूलाई पार्टी कार्यालयमा शपथ गराउँदै ओलीले पार्टी सिद्धिने कारण नै गुटबन्दी रहेको बताउँदै कुनै पनि प्रकारको गुटबन्दी गरेमा कारबाही गरिने चेतावनी दिएका हुन् ।
उनले भने,"डेमोक्रेसीका नाममा गुटबन्दी गर्दा पार्टी सकिन्छन् । पार्टी ओरालो लाग्ने भनेकै गुटबन्दीका कारण हो’ ।,’हाम्रो पार्टीमा पनि लामो समय गुटबन्दी थियो । त्यही कारण विभाजन पनि भयो । अब हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य हुन्न ।"
उनले लोकतन्त्रका नाममा गुटबन्दी गर्न कसैले उचाल्न सक्ने भएकाले त्यस्ता विचारकोपछि नलाग्न निर्देशन दिए । आफूले पनि गुटबन्दी नगर्ने र गुटबन्दी गर्नेलाई छेउ पर्न पनि नदिने उनको भनाइ थियो ।
उनले पार्टीमा अस्वस्थ्य तरिका नअपनाउन आग्रह गर्दै केन्द्रीय सदस्यहरूलाई पार्टीको मैदानमा प्रवेश गर्दा खेलाडी जस्तो भएर प्रवेश गर्न गरेका छन् ।
.jpg)


