काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
आइतबार प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयामा कारोबार भएको छापावाला सुन सोमबार तीनसय रूपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार सातसय रूपैयाँ मूल्य तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


