काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
सोमबार एतिहासिक उचाईमा पुगेको सुनको मूल्य एकैदिन उच्च दरले घटेको हो। सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयामा कारोबार भएको छापावाला सुन मंगलबार तोलामा २ हजार ३०० रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने केही घटेको छ । सोमबार प्रतितोला १ हजार ७८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


