काठमाडौं । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ ।
आज बजार १४५.०५ अंकले घटेर २६५१.३२ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बढ्दो क्रममा रहेको सेयर बजारमा मंगलबारको कारोबार व्यापक उतारचढावबीच ओरालो लाग्दा कारोबार रकममा भने कीर्तिमान बनेको छ। आज बजारमा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ। जुन अहिलेसम्मकै सर्वाधिक कारोबार हो।


