काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध र नेपाली जनतालाई सुखी बनाउन आवश्यक रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताएका हुन् । उनले सरकारले भ्रष्टाचारका विषयमा कुनै ‘कम्परमाइज’ नगर्ने बताए ।
उनले भने,“भयानक र खतरनाक तगारो भनेको भ्रष्टाचार हो, यसलाई नियन्त्रण गर्छौँ,”। “अहिलेको सरकार कसैप्रति आग्रह, पूर्वाग्रह र कसैलाई दुःख दिने मनसाय, नियत छैन,” ।“कसैले भ्रष्टाचार गरे अनुहार हेरिँदैन । कानुनको नजरमा सबै बराबर छन् । कानुनको कठघरामा उभ्याउँछौँ ।”
उनले सरकारले नागरिकका आवश्यकता पूर्तिसँगै शान्ति सुरक्षाको प्रत्याभूति गर्ने प्रतिबद्धता व्यक्त गरे ।
.jpg)


