काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य थप घटेको छ ।
मंगलबार तोलाको १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको छापावाला सुन आज थप १४ सय रुपैँयाले घटेर प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


