सोमबार, कार्तिक १७ गते २०८३
images
images

गृहमन्त्री लेखक र जर्मनीका राजदूत थोमस प्रिन्जबिच भेटवार्ता

एक्सप्रेस पाना
श्रावण २३, २०८१ बुधबार
  • 298
    SHARES
  • गृहमन्त्री लेखक र जर्मनीका राजदूत थोमस प्रिन्जबिच भेटवार्ता

    काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गरेका छन् । 

    images

    गृह मन्त्रालयमा बुधबार बिहान गृहमन्त्री लेखकसँग राजदूत प्रिन्जले शिष्टाचार भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

    भेटवार्तामा उनीहरूबीच नेपाल र जर्मनीको आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको थियो ।

    images

    गृहमन्त्री लेखकले जर्मनीले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गरेका थिए।