सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठकमा १०० दिने सांगठनिक अभियान चलाउने प्रस्ताव

एक्सप्रेस पाना
श्रावण २३, २०८१ बुधबार
  • 277
    SHARES
  • कांग्रेस केन्द्रीय समिति बैठकमा १०० दिने सांगठनिक अभियान चलाउने प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महान्मन्त्री गगन थापाले १०० दिने सांगठनिक अभियान चलाउने प्रस्ताव गरेका छन् ।

    images

    बुधबार सुरु भएको बैठकमा महामन्त्री थापाले भदौ १५ देखि मंसिर २५ सम्म सांगठनिक अभियान चलाउने प्रस्ताव दर्ता गराएका हुन् ।

    महामन्त्री थापाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि भएको सहमतिमा पनि छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    images

    अनुशासनको कारबाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानमा पदपूर्ति, जनसम्पर्क समिति लगायतमा पनि छलफल गर्नुपर्ने उनको प्रस्ताव छ ।

    भ्रातृ संघ, शुभेच्छुक संस्था, निर्देश समिति लगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण, नवीकरण प्रक्रिया सम्बन्धमा पनि थापाले प्रस्ताव गरेका छन् ।