सोमबार, कार्तिक १७ गते २०८३
images
images

कुमारी बैंकका ग्राहकहरूलाई समाज डेन्टलमा विशेष छुट

एक्सप्रेस पाना
श्रावण २४, २०८१ बिहीबार
  • 249
    SHARES
  • कुमारी बैंकका ग्राहकहरूलाई समाज डेन्टलमा विशेष छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित समाज डेन्टल प्रा.लि.बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

    images

    सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो समाज डेन्टलका नयाँ वानेश्वर– काठमाण्डौं, जावलाखेल चोक–ललितपुर, राधेराधे–भक्तपुर, सनसिटी–पेप्सीकोला, वसुन्धरा चौकी– काठमाण्डौं, सितापाइला चोक–काठमाडौँ, बौद्ध–जोरपाटी, कौशलटार–भक्तपुर, इमाडोल–ललितपुर, बनेपा– काभ्रे स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड अथवा बाट त्तच् भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकका अनुसार कुमारी बैंकका ग्राहकहरूलाई उक्त सेवाकेन्द्रहरुमा रजिस्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क निशूल्करुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # कुमारी बैंक
  • # समाज डेन्टल