काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा थियो।
आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९३ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४० रुपैयाँ १५ पैसा निर्धारण भएको छ।

.jpg)


