आइतबार, कार्तिक १६ गते २०८३
images
images

नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरुको घुइँचो

एक्सप्रेस पाना
श्रावण २५, २०८१ शुक्रबार
  • 286
    SHARES
  • नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरुको घुइँचो

    काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ।

    images

    आज बिहानैदेखि काठमाण्डौको नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरुको घुइँचो लागेको छ।

    452920857_1192540035118875_964037900577343670_n.jpg

    images

    आज काठमाण्डौं नागपोखरी, किर्तिपुरको टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

    453631254_1137388977361407_5976628252975441109_n.jpg

    यस अवसरमा नागको पूजा गरिनुका साथै नाग अंकित चित्र घरको ढोकामाथि टाँसिन्छ । त्यसपछि यस दिन खेतबारीमा खनजोत गरिन्न । नाग र सर्प जस्ता घिस्रिने जनावरलाई मार्न हुन्न भन्ने मान्यता रहेको छ । घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दुस्ख नदिने जनविश्वास पनि छ । 

    453080058_464161963111681_955464105106539696_n.jpg

  • सम्बन्धित विषय:

  • # नागपोखरी
  • # नागपञ्चमी