शनिबार, भाद्र २७ गते २०८३
images

४७ जनामा हैजा संक्रमण,सबैभन्दा बढि ललितपुरमा

एक्सप्रेस पाना
श्रावण २७, २०८१ आइतबार
  • 366
    SHARES
  • ४७ जनामा हैजा संक्रमण,सबैभन्दा बढि ललितपुरमा

    काठमाडौं । उपत्यकाका दुईसहित देशका पाँच जिल्लामा हैजा फैलिएको छ।

    images

    साउन महिनायता मात्रै पाँच जिल्लामा ४७ जनामा हैजा पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ।


    महाशाखाका अनुसार यस सिजनमा सबैभन्दा बढी ललितपुरमा ३४ जनामा संक्रमण देखिएको छ भने त्यसपछि कैलालीमा आठ, काठमाडौं र प्युठानमा समान २(२ र रुपन्देहीमा १ जनामा संक्रमण देखिएको हो।

    images

    महाशाखाका अनुसार पछिल्लो ४८ घण्टामा ललितपुरमा ७ जना, काठमाडौं र रुपन्देहीमा एक(एकजना गरी कुल ९ जनामा हैजा देखिएको छ । 
    इडिसिडीले यो सिजनमा अहिलेसम्म हैजाबाट कसैको ज्यान नगएको समेत स्पष्ट पारेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा रोग रोकथामका लागि १११५ निस्शुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको बताएको छ।

  • सम्बन्धित विषय:

  • # हैजा