काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकका साथ बढेको छ ।
आज बजार ९४.४६ अंकले बढेर २८६०.८४ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँको कीर्तिमानी कारोबार भएको छ । आज बजार ३.४१ प्रतिशतले बढेको हो ।
आइतबार २ सय २५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ।


