आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज साउनको अन्तिम सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो

एक्सप्रेस पाना
श्रावण २८, २०८१ सोमबार
  • 358
    SHARES
  • आज साउनको अन्तिम सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो

    काठमाडौं । आज साउनको अन्तिम सोमबार । आज देशभरका शिवालयसहित काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

    images

    साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्छ। साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गरेको छ। 

    साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।

    images

    यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका  छन्।

  • सम्बन्धित विषय:

  • # साउनको अन्तिम सोमबार
  • # शिवालय
  • # पशुपतिनाथ मन्दिर