मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार सेयर बजारमा उच्च अंकको वृद्धि,कारोबार रकममा पनि नयाँ रेकर्ड

एक्सप्रेस पाना
श्रावण २८, २०८१ सोमबार
  • 446
    SHARES
  • सोमबार सेयर बजारमा उच्च अंकको वृद्धि,कारोबार रकममा पनि नयाँ रेकर्ड

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ 

    images

    आज बजारमा २७ अर्ब २४ करोड २० लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको छ । बजारमा आइतबार २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँको कीर्तिमानी कारोबार भएको थियो। सोमबार उक्त कीर्तिमान तोडिएको हो ।

    कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा सोमबार नेप्से परिसूचक ७०.८१ अंक बढेको छ । आज बजार ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    images

    कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रह्यो ।

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार