सोमबार, कार्तिक १७ गते २०८३
images
images

परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई उद्योगमन्त्री भण्डारीको निर्देशन

एक्सप्रेस पाना
श्रावण २८, २०८१ सोमबार
  • 392
    SHARES
  • परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई उद्योगमन्त्री भण्डारीको निर्देशन

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    images

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने बताएका हुन् । 

    उनले परिणाम आउने गरी काम गर्ने कर्मचारीहरूको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने पनि बताए । कर्मचारीको सेवा, सुविधाको जिम्मा मन्त्रालयले लिने तर उनीहरुले दैनिक परिणाम आउने गरी काम गर्नुपर्ने बताए ।

    images

    उनले भने, "अहिलेको व्याप्त निराशा, अन्योलतालाई चिर्नुपर्नेछ । सरकारमाथि, सरकारको निकायमाथि यति धेरै प्रश्नहरू छन । त्यो प्रश्नको सामना हामीले परिणामबाट दिनुपर्नेछ । बिहान आएर हाजिर लगाएर मेरो तलब पाक्यो भन्ने तपाईँहरूले सोच्नुभयो भने त्यसमा पुनर्विचार गरिहाल्नुस् । तपाईँहरूले तीन महिना भित्र परिणाम दिने गरी काम गर्छु भन्नुहुन्छ भने तपाईँहरूले चाहेको सेवा, सुविधा दिन मन्त्रालय तयार छ ।"

  • सम्बन्धित विषय:

  • # दामोदर भण्डारी
  • # उद्योगमन्त्री