आइतबार, कार्तिक १६ गते २०८३
images
images

देशभर मनसुनी वायुको प्रभाव,हल्कादेखि भारी वर्षाकोे सम्भावना

एक्सप्रेस पाना
श्रावण २९, २०८१ मंगलबार
  • 387
    SHARES
  • देशभर मनसुनी वायुको प्रभाव,हल्कादेखि भारी वर्षाकोे सम्भावना

    काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ ।

    images

    देशभर साधारणतया बदली रहँदा आज बिहान केही स्थानमा वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम भारी वर्षाकोे सम्भावना छ । 

    images

    कोसी, वाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

    विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

  • सम्बन्धित विषय:

  • # मनसुनी वायुको प्रभाव
  • # भारी वर्षा