काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक मंगलबार बिहान सवाँ १० बजेबाट सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा संसदीय गतिविधि, पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रम, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा आफ्नो धारणा बनाउने बताइएको छ ।


