काठमाडौं । पछिल्लो समय हैजा संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
५० जना मध्ये ललितपुरमा सबैभन्दा धेरै हैजा संक्रमितका बिरामी भेटिएका छन् । ललितपुरमा ३८ जनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ ।


