बुधबार, भाद्र २४ गते २०८३
images

१८ देशमा सिफारिस भएका राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

एक्सप्रेस पाना
श्रावण २९, २०८१ मंगलबार
  • 371
    SHARES
  • १८ देशमा सिफारिस भएका राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

    काठमाडौं । सरकारले विभिन्न १८ देशमा सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान भएको छ। 

    images

    मंगलबार नयाँ बानेश्वरस्थित शंकर हलमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले उनीहरूविरुद्ध उजुरी दिन आह्वान गरेको हो। समिति १० दिनको समय राखेर सार्वजनिक उजुरीको आह्वान गर्ने निर्णय भएको हो। 

    सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी छिन्। त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शंकर शर्माको पनि पुनः सुनुवाइ हुने भएको छ।

    images

    प्रस्तावित १८ राजदूतको सूची आइतबार समितिमा सुनुवाइका लागि पुगेको थियो। 

  • सम्बन्धित विषय:

  • # राजदूत