बुधबार, भाद्र २४ गते २०८३
images

उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्याउन आवश्यक छ:सांसद गौतम

एक्सप्रेस पाना
श्रावण २९, २०८१ मंगलबार
  • 275
    SHARES
  • उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्याउन आवश्यक छ:सांसद गौतम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निरन्तर भइरहेको हवाई दुर्घटनामा नेपालको नियामक निकायले गम्भिर हुन नसकेको बताएकी छन् । 

    images

    मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन् । उनले हवाई दुर्घटनाको विषय छैटौँ पटक संसदमा विषय उठान भएपनि सरकारले अहिलेसम्म सुनुवाइ नभएको बताउँदै हवाई क्षेत्रमा गम्भीर समस्या देखिएकाले तत्काल सरकारले समाधान गर्नसरकारको ध्यानाकर्षण गराइन् । 

    उनले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्याउन आवश्यक रहेको बताइन् । 

    images

    उनले भनिन्, "हवाई दुर्घटनाको विषय आजसहित छैटौँ पटक उठान गरिरहेको छु । नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको छ । नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा अहिले छुट्याउने र त्यो विधेयक कहिले संसदमा लिएर आउनुहुन्छ । हवाई यात्रामा कति यात्रुहरूले ज्यान गुमाउनुपर्ने हो । नेपालको नियामक निकायको नियमन फेल भएको प्रष्ट देखिएको छ ।"

     

  • सम्बन्धित विषय:

  • # सोविता गौतम