मंगलबार, भाद्र २३ गते २०८३
images

बोलेर भन्दा काम गरेर देखाउन मन्त्रीहरूलाई महामन्त्री थापाको आग्रह

एक्सप्रेस पाना
श्रावण २९, २०८१ मंगलबार
  • 280
    SHARES
  • बोलेर भन्दा काम गरेर देखाउन मन्त्रीहरूलाई महामन्त्री थापाको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संघीय सरकारका मन्त्रीहरूलाई नागरिकले सेवा पाउनेगरी काम गर्न आग्रह गरेका छन्।

    images

    मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले मन्त्रीहरूले दिनहुँजसो यो गर्छु, त्यो गर्छु भनेर भाषण गर्नु भन्दा पनि काम गरेर देखाउन आग्रह गरेका हुन् । उनले भदौ महिनाभर भाषण गर्न छोडेर काम गर्ने ठाउँमा हुँदा काम गर्नतर्फ लाग्नुपर्ने बताए ।

    उनले भने,"मन्त्रीजीहरूको इच्छाशक्ति भयो, नियत राख्नुभयो भने काम हुन्छ,’ । ‘साउन सकिन लाग्यो। तीर्थब्रत पनि सकिन लाग्यो। भदौ लाग्न लाग्यो, भदौ एक महिना हाम्रा मन्त्रीजीहरूले नबोल्ने ब्रत लिइदिनुस्, उद्घाटन नगर्ने ब्रत।’ भदौ महिनाभर नबोलिदिनुस्,” । “बोल्ने ठाउँमा हुँदा बोल्ने काम गर्नुभयो, अब काम गर्ने ठाउँमा हुँदा काम गरिदिनुस् ।” कही कतै नबोल्नुस्, तपाईंहरूका अन्तर्वार्ता पढ्नु नपरोस् । कहीँ कतै भाषण सुन्नु नपरोस्,” । “प्रधानमन्त्रीले पनि म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार हुन दिन्नँ नभन्नुस् ।"

    images

  • सम्बन्धित विषय:

  • # गगन थापा