काठमाडौं । लगातार बढेको सेयर बजारमा मंगलबार सामान्य करेक्सन आएको छ।
साताको तेस्रो कारोबार दिन मंगलबार ८.१८ अंकले घटेर २९२३.४६ बिन्दु कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज बजारमा २१ अर्ब ५१ करोड ५० लाख रूपैयाँको कारोबार भएको छ। बजार घटे पनि बैंकिङ समूह भने बढेको छ।
मंगलबार ८० कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको सेयर मूल्य भने घटेको छ।


