आइतबार, कार्तिक १६ गते २०८३
images
images

देशभर मनसुनी वायुको प्रभाव,सबै स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
श्रावण ३०, २०८१ बुधबार
  • 373
    SHARES
  • देशभर मनसुनी वायुको प्रभाव,सबै स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।

    images

    मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । जसको कारण देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर साधारणतया बदली रहँदा मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    images

    कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा  भारी वर्षाको पनि सम्भावना छ । 

    विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

     

  • सम्बन्धित विषय:

  • # भारी वर्षा
  • # मनसुनी वायु