काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
बिहीबार प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ७४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७३५ रुपैयाँ कायम थियो ।
.jpg)


