काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई १२ बुँदे निर्देशन दिएको छ ।
मन्त्रालयले बुधबार यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पत्र लेख्दै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
यातायात व्यवसायीले यात्रुहरूलाई टिकट काटेरमात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने तथा यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउने, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्ने लगायतका ११ बुँदे निर्देशन दिएको हो ।
असार २८ गते नारायणगढ–मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पहिरोले दुई वटा बस बगाएपछि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदल तयारपारेको सुझाव प्रतिवेदन साउन २२ गते गृहमन्त्रीलाई बुझाएको थियो। त्यहि सुझाव प्रतिवेदनअनुसार मन्त्रालयले यातायात व्यवसायीलाई १२ बुदे निर्देशन दिएको हो ।

.jpg)


