मंगलबार, भाद्र २३ गते २०८३
images

सेयर बजारमा कारोबार रकमले फेरि तोड्यो रेकर्ड, ३ हजार विन्दुमा नेप्से

एक्सप्रेस पाना
श्रावण ३१, २०८१ बिहीबार
  • 453
    SHARES
  • सेयर बजारमा कारोबार रकमले फेरि तोड्यो रेकर्ड, ३ हजार  विन्दुमा नेप्से

    काठमाडौं । कारोबार रकममा कीर्तिमान बनाउँदै सेयर बजार निरन्तर उचाइतर्फ लागेको छ।

    images

    साताको अन्तिम कारोबारमा बिहिबार बजारमा २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।

    आज बजार ४३.०५ अंकले बढेर ३०००.८१ को बिन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    images

    आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने एकको स्थिर रह्यो ।

    बैंकिङ क्षेत्रको सूचक सबैभन्दा धेरै ५.६५ प्रतिशत बढ्यो भने विकास बैंक १.२८, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.७९, लगानी २.६९, निर्जीवन बीमा ०.९४ तथा व्यापार समूह १.८१ प्रतिशत बढे ।

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार