काठमाडौं । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका थामे गाउँमा भीषण बाढी आएको छ । एक्कासि आएको लेदोसहितको बाढीले थामे गाउँ प्रभावित भएको छ ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका अनुसार हिमपहिरो हो वा हिमताल फुटेको हो भन्ने स्पष्ट हुन सकेको छैन् ।
स्थानीयका अनुसार त्यस क्षेत्रमा केही दिनदेखि वर्षा भइरहे पनि यति ठूलो बाढी आउने अवस्था भने थिएन । माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने आशंका गरिएको छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
.jpg)


