काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् ।
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा राणा भारत भ्रमणमा गएकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् ।
दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।
.jpg)


