काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताएका छन्।
आइतबार काठमाडौँमा आयाजित एक कार्यक्रममा बोल्दै उनले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताउँदै राजश्वले चालु खर्च नधान्ने भइसकेको बताएका हुन्। उनले एक अर्ब राजश्व उठ्दा दिनमा दुई अर्ब खर्च हुने गरेको बताए ।
मन्त्री पाण्डेले भने, "देशको राजनीति बडो पेचिलो अवस्थामा छ। सबैभन्दा चिन्ता गर्नुपर्ने कुरा के छ भने हाम्रो राजश्वले चालु खर्च नधान्ने भइसकेको छ। एक अर्ब राजश्व उठ्दा दिनमा दुई अर्ब खर्च हुँदो रहेछ। राजश्व चालु खर्च नधान्ने अवस्था छ,’। अर्कातिर पुँजीगत खर्च जसका नाममा हामीले पुँजीलाई प्रवद्र्धन गर्नुपर्छ। राजनीतिमा भएका, शैक्षिक क्षेत्रमा, निजी क्षेत्रमा भएका विकृति र विसंगतिहरूलाई बदल्नुपर्छ। त्यसका लागि नविन सोच, दृष्टिकोण अनिवार्य छ।"
मन्त्री पाण्डेले सबैभन्दा माथि जनता रहेकाले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने पनि बताए।
.jpg)


