मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाका सहमहामन्त्री आचार्यसँग संसदीय छानबिन समितिले लियो बयान

एक्सप्रेस पाना
भाद्र २, २०८१ आइतबार
  • 306
    SHARES
  • रास्वपाका सहमहामन्त्री आचार्यसँग संसदीय छानबिन समितिले लियो बयान

    काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोगबारे गठन गरिएको संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलनमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपीनकुमार आचार्यसँग बयान लिएको छ । 

    images

    आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा उक्त विषयमा आचार्यसँग बयान लिइएको हो । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा आचार्य मुछिएका छन् ।

    सरोकारवाला निकायलगायत सहकारीको रकम ठगीमा मुछिएकालाई कारागारबाट झिकाएर पनि समितिले निरन्तर छलफल गरिरहेको छ ।

    images

    गएको जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # छानबिन समिति